बीमा विधेयकलाई राष्ट्रिय सभाले आज टेवल गर्ने

३ बर्ष अगाडि

काठमाडौं - राष्ट्रिय सभाले बीमा विधेयकलाई आज टेवल गर्ने भएको छ । आज अपरान्ह १ बजे डाकिएको राष्ट्रिय सभाको बैठकमा बीमा विधेयकलाई सम्भावित कार्यसूचीमा राखिएको छ । 

राष्ट्रिय सभाको सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभामा उत्पत्ती भई सो सभाबाट पारित भएको बीमा विधेयकलाई राष्ट्रिय सभामा टेबुल गर्नका लागि पेश गर्नेछन् ।

राष्ट्रिय सभाले गत साउन २९ गते बीमा विधेयक २०७५ पारित गरिसकेको छ । सामान्यतया राष्ट्रिय सभाबाट पारित भएको विधेयक राष्ट्रिय सभाबाट पारित नहुने सम्भावना एकदमै कम हुन्छ । 

यदि आज राष्ट्रिय सभाबाट विधेयक पारित भएको खण्डमा राष्ट्रपतिबाट लालमोहर लागि राजपत्रमा प्रकाशित भए पछि कार्यान्वयनमा आउनेछ । यस बीमा विधेयकले बीमा क्षेत्रमै संरचनागत रुपमा आमुल परिवर्तन ल्याउनेछ ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया