काठमाडौं - कुवेतले नेपाली कामदारको माग गरेको छ । कुवेत सहरमा रहेको विभिन्न कम्पनीहरुले विभिन्न पदहरुका लगि १२० जना पुरुष र १० जना महिला गरी जम्मा १३० जना नेपाली कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले खान बस्नेतसहित तलब ३५ हजार माथिदेखि ८२ हजार बढि पाउनेछ । इच्छुक कामदारले निलकमल ह्युमन रिसोर्स प्रालिको कार्यालय सिनामंगल काठमाडौंमा साउन भदौ १६ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा, भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।
प्रतिक्रिया