दुई कम्पनीको शेयरमूल्य नेप्सेमा समायोजन, कुनको कति ?

३ बर्ष अगाडि

काठमाडौं - यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको शेयरमूल्य सामायोजन भएको छ । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ र राधी विद्युत कम्पनीको शेयरमूल्य नेप्सेमा समायोजन भएको हो । 

१. सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ 
नेप्सेमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को इकाईमूल्य समायोजन भएको छ । 

फण्डले १० प्रतिशत लाभांश वितरणका लागि बुकक्लोज गर्ने भएसँगै नेप्सेले सो फण्डको इकाईमूल्य समायोजन गरेको हो ।

शेयरबजार बन्द हुनुभन्दा अघि कायम फण्डको इकाईमूल्य ९.८३ रुपैयाँका आधारमा नेप्सेले लाभांश वितरणपछिको इकाईमूल्य ८.८३ रुपैयाँ कायम गरेको छ ।

२. राधी विद्युत कम्पनी
नेप्सेमा राधी विद्युत कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीको १४७.५२ प्रतिशत शेयरपछि नेप्सेले प्रतिकित्ता २ सय ८१ रूपैयाँ ४० पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । 

नेप्सेले शुक्रबारको अन्तिम कारोबार मूल्य ५ सय ४९ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया