दुई कम्पनीको शेयर नेप्सेमा सूचिकृत कुनको कति ?

३ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा यो साता दुई कम्पनीको शेयर सूचिकृत भएको छ । एचआईडीसीएल र कृषि विकास बैंकको शेयर नेप्सेमा सूचिकृत भएको हो । 

१. एचआईडीसीएल
नेप्सेमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को झन्डै ९८ लाख कित्ता सेयर सूचीकृत भएको छ ।

कम्पनीको संस्थापक समूहको ९७ लाख ९५ हजार ५०५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । यो अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बेचिएको थियो । 

२. कृषि विकास बैंक
नेप्सेमा कृषि विकास बैंकको ऋणपत्र सूचीकृत भएको छ । नेप्सेमा बैंकको ‘कृषि ऋणपत्र’को १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख ७३ हजार २५ इकाइ सूचीकृत भएको छ । 

यो ऋणपत्र ९ वर्षे अवधिको हो । यसमा लगानीकर्ताहरुले वार्षिक ४ प्रतिशत ब्याज पाउँछन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया