क्रोएसिया पठाइदिन्छु भनी दुई लाख रकम लिएर सम्पर्कविहीन भएका एक जना पक्राउ

३ बर्ष अगाडि

काठमाडौँ - नेपाल प्रहरीले क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आकर्षक तलबमा क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गर्ने धनकुटा चौबिसे गाउँपालिका–५ घर भई हाल काठमाडौँको भीमसेनगोला बस्ने ३८ वर्षीय शान्तकुमार देवानलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो । 

कार्यालयका सूचना अधिकृत दुर्गाराज रेग्मीले क्रोएसिया पुग्नका लागि प्रतिव्यक्ति रु ७ लाख लाग्छ र तलब र एक लाख हुन्छ भनी विभिन्न व्यक्तिसँग रु दुई लाख रकम लिएर सम्पर्कविहीन भएका देवानलाई काठमाडौँको कागेश्वर मनोहराबाट पक्राउ गरिएको जानकारी दिए । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया