राहदानी विभागको सेवाग्राहीलाई विभिन्न ५ आग्रह, के-के ?

३ बर्ष अगाडि

काठमाडौं - काठमाडौं महानगरपालिकाले बेसमेन्ट खाली गराएपछि राहदानी विभागले सेवाग्राहीसँग विभिन्न ५ आग्रह गर्दै आवेदकहरुलाई तोकिएको समयमा मात्र विभाग आउन आग्रह गरेको छ । 

विभागले भवनको बेसमेन्टलाई आवेदकहरुका लागि होल्डिङ एरियाको रुपमा प्रयोग हुँदै आएको थियोे । महानगरले शुक्रबार बेसमेन्टलाई पार्किङमात्रै प्रयोग गर्न पाइने भन्दै हटाएपछि विभागले ठाउँ साँगुरो र अपर्याप्त भएको भन्दै सूचनामार्फत उक्त आग्रह गरेकोे हो । 

विभागले जारी गरेको सूचनामा लाइभ इन्रोलमेन्ट सेन्टर मार्फत आवेदन गरेका  सेवाग्राहीमात्रै आवेदन फराममा तोकिएको मिति र समयमा विभागमा आउन आग्रह गरेकोे छ । 

त्यस्तै विभागले राहदानी लिन आउँदा आवश्यक अवस्थामा बाहेक सम्बन्धित आवेदकमात्र आउन आग्रह गरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया