भारतमा प्रथम बीमाशुल्क वापत २५ देखि ३५ प्रतिशतसम्म कमिशन प्राप्त गर्दै आएका अभिकर्ताहरुले अब कम्तीमा ५ वर्ष बीमालेख सक्रिय हुनैपर्ने

३ बर्ष अगाडि

एजेन्सी - भारतीय बीमा नियामक आइआरडिएआईले बीमा जारी भएको प्रारम्भिक वर्षहरुमा पाइने उच्च कमिशनको लागि जबरजस्ती बीमालेख बिक्री गर्ने प्रवृत्तिमा रोक लगाउनको लागी नीतिगत बन्देजहरु लगाउने तयारी गरेको छ । 

बीमालेख जारी गर्दा प्रथम बीमाशुल्क वापत २५ देखि ३५ प्रतिशतसम्म कमिशन प्राप्त गर्दै आएका अभिकर्ताहरुले अब कमिशनवापतको रकम प्राप्त गर्न बीमालेख लामो समयसम्म चालू अवस्थामा रहनुपर्ने भएको छ । 

मस्यौदा अनुसार प्रथम बीमा शुल्कको कमिशन बाहेक नविकरण बीमाशुल्कको कमिशन अब ५–५ वर्षको अन्तरालमा मात्र वितरण गरिनेछ ।

आइआरडिएआईले अभिकर्ता र बीमा मध्यस्थतकर्ताको कमिशन र प्रोत्साहनमा सीमा तोक्नको लागी मस्यौदा प्रस्ताव गरेको छ । प्रस्तावित मस्यौदामाजीवन बीमा कम्पनीहरुतर्फ एकल बीमाशुल्कमा बढीमा २ प्रतिशत कमिशन तथा प्रोत्साहन, सामूहिक कोषमा ०।५ प्रतिशत कमिशन दर कायम गरिएको छ । 

साथै सावधिक जीवन बीमालेखमा एकल बीमाशुल्कमा २० प्रतिशत र नविकरण बीमाशुल्कमा १० प्रतिशत कमिशन तोकिएको छ ।त्यसैगरी बीमालेख सक्रिय रहेको अवधिको आधारमा समेत कमिशन तय गरिएको छ । 


 

३ बर्ष अगाडि

प्रतिक्रिया