काठमाडौं - रिलायन्स लाइफ इन्सोरेन्सले गत भदौ ७ गते क्षेत्रीय एजेन्सी भेटघाट सम्मेलन ‘रिलायन्स साथी क्षेत्र ४ विराटनगर’ सफलतापूर्वक इटहरीमा सम्पन्न गरेको छ ।
सम्मेलनको प्रमुख अतिथिका रुपमा डेपुटी सीईओ निराजन कँडेलको उपस्थित थियो । सम्मेलनमा प्रमुख व्यापार अधिकारी सूर्यप्रकाश गुप्ता, क्षेत्रीय सहायक प्रबन्धक थीरबहादुर श्रेष्ठ र क्षेत्र प्रबन्धक क्षितिज घिमिरे पनि उपस्थित थिए ।
कार्यक्रममा प्रेरक प्रशिक्षक बीपी रेग्मीले आफ्नो भनाइ प्रस्तुत गरेर त्यहाँ उपस्थित सम्पूर्ण मानिसको ध्यानाकर्षण गराएका थिए । हरेक वर्ष प्रत्येक क्षेत्रमा गरिँदै आएको यो एजेन्सी भेला कम्पनीको व्यावसायिक प्रयोजनका लागि विभिन्न तालिम दिइएको थियो ।
प्रतिक्रिया