विश्वकै सबैभन्दा कम जन्मदर भएको देश दक्षिण कोरिया

३ बर्ष अगाडि

एजेन्सी - दक्षिण कोरिया सन् २०२१ मा पनि विश्वकै सबैभन्दा कम जन्मदर भएको देश बनेको छ । 

हालै सार्वजनिक भएको तथ्यांकका आधारमा दक्षिण कोरियामा २०२१ मा पनि जन्मदर सबैभन्दा कम देखिएको हो । त्यहाँ जन्मदर ०.८१ प्रतिशत रहेको छ। जुन २०२० तुलनामा ०.०३ प्रतिशतले कम हो । 

अमेरिका र जापानमा जन्मदर क्रमशः १.६ प्रतिशत र १.३ प्रतिशत रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा कम हो । अफ्रिकी मुलुकहरुमा जन्मदर सबैभन्दा बढी रहेको तथ्यांकले छ । अफ्रिकी मुलुकमा जन्मदर ५ अथवा ६ प्रतिशत रहेको छ । 

कुनै पनि मुलुकको जनसंख्या स्थिर रहन कम्तीमा जन्मदर २।१ प्रतिशत आवश्यक रहन्छ । त्यहाँभन्दा तल भएमा न्यून र माथि भएमा जन्मदर अधिक मानिन्छ । 

तथ्यांकअनुसार दक्षिण कोरियामा महिलाहरुले ढिलो उमेरमा र कम बच्चा जन्माउँदा जन्मदर घटेको हो । हाल दक्षिण कोरियाको जनसंख्या पनि घट्दो क्रममा रहेको छ । 

दक्षिण कोरियामा हाल १६।८ प्रतिशत जनसंख्या ६५ वर्षभन्दा माथिका छ भने ११.८ प्रतिशत १४ वर्षभन्दा तलको जनसंख्या रहेको छ । 

हरेक वर्ष दक्षिण कोरियामा ५ प्रतिशतभन्दा बढी जनसंख्या ६५ वर्षभन्दा माथिका मानिसहरुले बढेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया