बालेनको एक्सन : राहदानी विभागले खुल्ला गर्‍यो सेवाग्राहीका लागि पार्किङ

३ बर्ष अगाडि

काठमाडौं - काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागले पार्किङ सेवाग्राहीका लागि खुला गरेको छ ।

विभागले शुक्रबार सूचना प्रकाशित गरी आगामी आइतबार ९भदौ १२० देखि पार्किङ खुला गरिने जानकारी दिएको हो ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको एक्सनपछि विभागले सेवाग्राहीका लागिपनि पार्किङ खुलाएको हो ।

शुक्रबार विहान महानगर टोलीले सो क्षेत्रको अनुगमन गरी पार्किङ खुल्ला गर्न आग्रह गरी कुर्ची हटाएको थियो ।

काठमाडौंका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वमा पुगेको टोलीले विभागले अटेरी गरेपछि पार्किङमा राखिएका कुर्सीसहितका सामान हटाएर खाली गरेको हो ।

यस अघि अ हजारौँ सेवाग्राहीका सवारीसाधन सडकमै राखिँदा ट्राफिक व्यवस्थापनमा समस्या हुँदै आएको थियो ।

पछिल्लो समय मेयर बालेन्द्र शाहको अग्रसर्तामा काठमाडौं महानगरले अवैध रुपमा बनाइएका संरचना भत्काउन ३५ दिने सूचना प्रकाशित गरी डोजर चलाउन थालेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया