काठमाडौं - खप्तड लघुवित्त वित्तीय संस्थाले भदौ ८ गते बुधबारदेखि सर्वसाधारणको लागि निष्काशनमा ल्याएको आईपीओमा माग भन्दा १०७ गुणा बढी आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार शुक्रबार दिउँसो १ः३२ बजेसम्ममा ११ लाख ८४ हजार ८२६ जना आवेदनकबाट एक अर्ब ३२ करोड ४६ लाख ८५० हजार रुपैयाँ बराबरको १ करोड ३२ लाख ४६ हजार ५८० कित्ता शेयरको लागि आवेदन परेको छ ।
यो सर्वसाधारणलाई छुट्टाएको लाख २३ हजार ४०० कित्ता शेयरको १०७।३५ गुणा बढी हुन आउछ । लघुवित्तले जारी पूँजी ४ करोड रुपैयाँको ३३ प्रतिशतले हुन आउने १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता शेयर निष्काशनमा ल्याएको छ ।
त्यसमध्ये ०।५ प्रतिशत आर्थत २ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने १ लाख २३ हजार ४०० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लघुवित्तको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम एक हजार ३२० कित्ता अर्थात एक लाख ३२ हजार रुपैयाँ सम्मको लागि आवेदन दिन सकिनेछ ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ ।
लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परिसकेकोले भदौ १२ गते बैकिङ्ग समयसम्म मात्रै आवेदन दिन सकिनेछ ।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया