काठमाडौं - सानिमा बैंकले पनि अबदेखि सी–आस्बा शुल्क नलिने घोषणा गरेको छ ।
बैंकले बिहीबार एक सूचना जारी गर्दै सी–आस्बारआस्बा सेवा निःशुुल्क प्रदान गर्ने जानकारी गराएको हो। जसअनुुसार अबदेखि लगानीकर्ताले सानिमा बैंकबाट निःशुल्क आईपीओ भर्न पाउने भएका छन् ।
यसअघि कुमारी बैंकले पनि योे सेवा निःशुल्क प्रदान गर्ने घोषणा गरिसकेको छ । यता राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एसिया बैंक र नबिल बैंकले सी–आस्बा सेवा निःशुुल्क प्रदान गर्दै आएका छन् ।
पछिल्लो समय बैंकहरुले मनपरी रुपमा सी–आस्बा शुुुल्क बढाउन थालेपछि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले त्यसमा हस्तक्षेप गरेको थियो। सेबोनले सी–आस्बा सेवाको शुल्क अधिकतम ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको छ ।
यसअघि सेबोले यो सेवा प्रदान गरेबापत बैंकहरुलाई अधिकतममा १०० रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको थियो ।

प्रतिक्रिया