१ करोड २० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न हिमाल दोलखालाई विद्युत नियमन आयोगको स्वीकृति

३ बर्ष अगाडि

काठमाडौं, विद्युत नियमन आयोगले हिमाल दोलखा हाइड्रोपावर कम्पनीलाई हकप्रद शेयर निष्कासन गर्न पूर्व स्वीकृति दिएको छ । 

आयोगले हिमाल दोलखालाई १ः०.७५ प्रतिशत अनुपातमा हकप्रद शेयर बिक्री गर्न स्वीकृति दिएको हो । कम्पनीले १ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजीको १ः०.७५ अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद शेयर बिक्री गर्न अयोगसँग स्वीकृति मागेको थियो । 
 
हिमाल दोलखाले माग गरे अनुसार नै हकप्रद निष्कासनका लागि स्वीकृति पाएको हो । यद्दपि, कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिन भने बाँकी छ । बोर्डले पनि अनुमति दिएपछि मात्र हकप्रद जारी हुनेछ । 

३ बर्ष अगाडि

प्रतिक्रिया