राधी विद्युत कम्पनीको शेयरमूल्य नेप्सेमा समायोजन, समायोजनपछिको मूल्य कति ?

३ बर्ष अगाडि

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा राधी विद्युत कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ ।

कम्पनीको १४७.५२ प्रतिशत शेयरपछि नेप्सेले प्रतिकित्ता २ सय ८१ रूपैयाँ ४० पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले शुक्रबारको अन्तिम कारोबार मूल्य ५ सय ४९ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीले धितोपत्र बोर्डको साउन ९ गते बसेको बैठकबाट १४७ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने अनुमति पाएको थियो । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । 

कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया