काठमाडौं- सिद्धार्थ बैंक लिमिटेड र नेपालगञ्ज स्थित कल्पतरु होटल एण्ड कौशिकी बैंकोट बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट नेपालगञ्ज शाखा प्रमुख किरण राणामगर तथा कल्पतरु होटल एण्ड कौशिकी बैंकेटका तर्फबाट प्रबन्ध निर्देशक कन्हैया लाल वैश्यले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले कल्पतरु होटल एण्ड कौशिकी बैंकेटमा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग मार्फत् होटल बसाई तथा पेय पदार्थ सेवाको भुक्तानी गर्दा ३०५ सम्मको छुट र खाना, बेबरेज तथा कार्यक्रम सेवाको भुक्तानी गर्दा १५५ सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
बैंकले ग्राहकहरुलाई डिजिटल बैंकिङ्ग माध्यमतर्फ प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । ग्राहकमैत्री प्रविधिहरु भित्राउने क्रममा बैंकले विभिन्न डिजिटल बैंकिङ्ग सेवाहरु जस्तै अनलाईनबाटै बचत, मुद्दती र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने जस्ता सुविधाहरु आफ्नो वेबसाइटमा रहेको इजि बैंक पोर्टलमार्फत प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया