काठमाडौँ – नेपाली कांग्रेसले वीरगञ्जमा वीपी उद्यानका लागि छुट्याइएको जग्गामा प्रदेश सरकारले शहीद स्मृति पार्क बनाउन लागेकोमा आपत्ति जनाएको छ ।
माघ २४ गते बसेको कांग्रेस केन्द्रीय समिति बैठकले वीरगञ्जमा वीपी उद्यान निर्माणका लागि प्रस्ताव भइसकेको १० विघा जग्गामा शहीद स्मृति पार्क बनाउन लागेकोमा विरोध जनाएको हो ।
कांग्रेसले “वीपी कोइरालाका नाममा वीरगंजमा वीपी उद्यान निर्माण गर्ने निश्चित भएको भन्दै वीपी उद्यानको नाम परिवर्तन नगर्न चेतावनी दिएको छ ।
वीपी उद्यान निर्माणका लागि जग्गा खरिद कसरी भयो, भन्दै कांग्रेसले नेपाल सरकार र तत्कालिन वीरगंज उपमहानगरपालिकाको संलग्नता कुन रुपमा थियो यस बारे समग्र तथ्य सार्वजनीक गर्न समेत माग गरेको छ ।
कांग्रेसले वीपीको नाम प्रति नियतवश अवहेलना गरेको भन्दै यस्तो दुस्साहसलाई तत्काल सच्याउन आग्रह गरेको छ । कांग्रेसले यस कदम बाट तत्काल नसच्चिय संसददेखि सडकसम्म कडा दबाबको सामना गर्नु पर्ने चेतावनी समेत दिएको छ ।
वीरगञ्ज महानगरपालिकाको स्वामित्वमा रहेको उक्त जग्गामा माघ १६ गते प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शहीद स्मृति पार्क निर्माणको शिलान्यास गरेका थिए ।
प्रतिक्रिया