काठमाडौं, साताको अन्तिम कारोबार दिन(शुक्रबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात बिहीबार १८.२९ अंक घटेर २०३९.५५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.९१ अंक बढेर २०४०.४७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने स्थिर रहेको छ।
शुक्रबार प्रि ओपन सेसनमा १२ स्टकको १ लाख ७९ हजार ५९३ रुपैयाँ ८० पैसा बराबरको ६३१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ७ वटा स्टकको मूल्य बढेको छ भने २ वटाको घटेको छ। १ स्टकको मूल्य घटेको छ ।
प्रतिक्रिया