बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ताप्लेजुङ ६३ वर्षीय एक वृद्ध पक्राउ

३ बर्ष अगाडि

ताप्लेजुङ - सात वर्षीया एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाका ६३ वर्षीय एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा आठराई त्रिबेणी गाउँपालिका वडा नं १ निघुरादिनका ६३ वर्षीय कैलाश पोमू लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिएका छन् । 

पक्राउ परेका लिम्बूलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया