नबिल बैंकको अवैध संरचना आज भत्काउने तयारी

३ बर्ष अगाडि

काठमाडौं  - काठमाडौं महानगरपालिकाले नबिल बैंकको अवैध संरचना आज भत्काउने तयारी गरेको छ । बैंकको न्युरोड शाखा अबैध रुपमा बेसमेन्टमा बनाइएको भन्दै महानगरपालीकाले खालि गर्न निर्देशन दिएको थियो । 

बुधबार न्युरोडमा महानगरका मेयर बालेन्द्र शाहसहितको टोलीले अनधिकृत रुपमा बनाइएको संरचना हटाउने क्रममा नबिल बैंकले पार्किङ गर्नका लागि बनाइएको बेसमेन्टमा शाखा कार्यालय राखेको पाएपछि हटाउनका लागि निर्देशन दिइएको थियो । 

आज महानगरको प्रमुख बालेन्द्र शाह सहितको टोलिले न्यूरोडमा रहेको नबिल बैंकको शाखा खाली नगराइएको पाइएमा उक्त संरचनालाई डोजर लगाएरै भएपनि भत्काइने महानगरले जनाएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया