लघु बीमा कम्पनीको लाइसेन्स खुला

३ बर्ष अगाडि

काठमाडौं - बीमा समितिले लघु बीमा कम्पनीको लाइसेन्स खुला गरेको छ । 

समितिले सार्वजनिक सूचना आह्वान गर्दै बढीमा ७ वटा (३ जीवन तथा ४ निर्जीवन) लघु बीमा कम्पनीको स्थापनाको कार्य  अगाडि  बढाउने  प्रयोजनका  लागि  इच्छुक  व्यक्ति  तथा  लगानीकर्ता संस्थाहरुलाई प्रस्ताव पेश गर्न आह्वान गरेको हो ।

तीन वटा जीवन र ४ वटा निर्जीवन लघु बीमा कम्पनीको लाइसेन्स दिने भएको छ । अहिले प्रस्ताव पेश गर्न प्रस्तावकले जीवन निर्जीवन उल्लेख गरेर राख्न सक्नेछ । प्रादेशिक स्तरमा केन्द्रिय कार्यालय रहने गरि प्रस्ताव पेश गर्नु पर्ने समितिले जनाएको छ । न्युनतम चुक्ता पूँजी ७५ करोड रुपैयाँ तोकिएको छ ।

न्यून आय भएका तथा लक्षित वर्गका जनतामा समेत बीमाको पहुँच पुर्याई बीमाको विकास तथा विस्तार गर्न र नेपाल सरकारको आ.व. ०७९.०८० को बजेट वक्तव्यको बुँदा नं ३२७ मा लघुबीमा कम्पनीको स्थापना सम्बन्धी बुँदा कार्यान्वयन गर्ने क्रममा लाइसेन्स आह्वान गरिएको समितिले जनाएको छ ।

आजको यो सूचना  प्रकाशित  भएको  मितिले ३५औ  दिनको  १२  बजेभित्र  बीमा  समितिको  नाममा  सम्बोधन भएको सिलबन्दी प्रस्ताव सम्बन्धित प्रस्तावक व्यक्ति वा संस्थाको नाम ठेगाना स्पष्ट खुल्ने गरी दर्ता गर्नु पर्नेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया