काठमाडौं - मिर्मिरे लघुवित्त वित्तीय संस्थाले बुद्धज्योति लघुवित्तलाई प्राप्त गरेपछिको एकीकृत कारोबार भदौ १५ गतेबाट सुरु हुने भएको छ ।
बुद्धज्योति लघुवित्तलाई प्राप्ति गरेपछि मिर्मिरे लघुवित्त वित्तीय लिमिटेडकै नामबाट एकीकृत कारोबार हुनेछ ।
यी दुवै लघुवित्तको गत असार ३१ गतेसम्म विशेष साधारणसभाले मिर्मिरे लघुवित्तले बुद्धज्योति लघुवित्तलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरेको थियो ।
गत भदौ ६ गते नेपाल राष्ट्र बैंकले भने यी दुवै लघुवित्तको प्राप्ति प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरेको थियो ।
प्रतिक्रिया