काठमाडौं - रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ को लागि नयाँ बोनसदर घोषणा गरेको छ ।
कम्पनीको आर्थिक वर्ष २०७७/२०७८ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा समितिको भदौ ८ गतेको पत्र मार्फत स्वीकृत भई कम्पनीले संचालनमा ल्याएको मुनाफामा सरिक हुने (बोनस आर्जित गर्ने) गरी जारी गरिएको जीवन बीमा लेखहरुमा उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो ।
कम्पनीले २० रुपैयाँदेखि ७७ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ ।रिलायबल नेपाल लाइफले गत आर्थिक वर्षकोको तुलनामा यस वर्ष बोनसदर बढाएर सार्वजनिक गरेको छ ।
रिलायबल सावधिक जीवन बीमा योजनामा कम्पनीले यस बीमा योजनामा न्युनतम प्रतिहजार न्युनतम ५० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ ।
लघु सावधिक जीवन बीमा योजनामा कम्पनीले सबै बीमा अवधिको लागि ३० रुपैयाँ बोनसदर कामय गरेको छ । यस बीमालेख कम्पनीले २ हजार ६३६ वटा विक्री गरेको जनाएको छ ।
यस्तै रिलायबल सुलभ जीवन बीमालेखमा पाँच देखि ९ वर्ष अवधिसम्मको लागि प्रति हजार २४ रुपैयाँ बोनस कायम भएको छ । त्यस्तै, १० वर्षदेखि १४ वर्षसम्म अवधिको लागि प्रति हजार २८ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ३२ रुपैयाँ, २० वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति हजार ४० रुपैयाँ बोनसदर कायम भएको छ ।
कम्पनीको यस बीमालेख १५ देखि १९ वर्ष अवधिको २३ हजार २ सय ८ वटा बिक्री भएको छ । यस अवधिमा बीमितले प्रतिहजार ३२ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।
प्रतिक्रिया