भदौ १ गतेसम्म कायम शेयरधनीले मात्र आज हुने शिवम् सिमेन्टको साधारण सभामा भाग लिन पाउने

३ बर्ष अगाडि

काठमाडौं - शिवम् सिमेन्टले आज विशेष साधारण सभा गर्दै छ । कम्पनीले उक्त सभा अनामनगर स्थित आफ्नै कर्पोरेट कार्यालयमा गर्ने जनाएको छ । 

सभामा कम्पनीले प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, कम्पनीको स्वीकृत प्रबन्ध पत्रको दफा ६ को खण्ड ग लाई संशोधन गर्ने र खण्ड घ संशोधन गरी हटाउने प्रस्ताव पेश गर्नेछ ।

 त्यस्तै कम्पनीको स्वीकृत नियमावलीको नियम नं २३ गणपुरक संख्या कूल शेयर संख्याको ६७ प्रतिशत रहेकोलाई संशोधन गरी ५१ प्रतिशत कायम गर्ने, कम्पनीको नियमावलीको नियम नं २५ को उप नियम ५ संशोधन गरी विशेषज्ञ संचालकको मनोनयन र अन्य संचालकहरुको निर्वाचन गर्ने सम्बन्धि व्यवस्था कायम गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले स्वीकृत नियमावलीको नियम नं २७ को उप नियम २ मा संचालक संख्या स्वतन्त्र व्यवसायिक विशेषज्ञ संचालक सहित ७ सात जनाको हुने छ भन्ने व्यवस्थालाई संशोधन गरी स्वतन्त्र व्यवसायिक विशेषज्ञ संचालक १ जना र शेयरधनीहरुबाट निर्वाचित वा मनोनित ५ जना सहित ६ जनाको संचालक समिति हुनेछ भन्ने व्यवस्था कायम गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले विशेष साधारणसभा प्रयोजनको लागि भदौ २ गते बुक क्लोज गरिसकेको छ । त्यसकारण भदौ १ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया