रोमानिया जाने कामदारको सहजताका लागि 'अस्थायी रोमानियन मिशन' स्थापना

३ बर्ष अगाडि

काठमाडौं - रोमानिया जाने कामदारको सहजताका लागि वैदेशिक रोजगार कार्यालय ताहाचलमा अस्थायी रोमानियन मिशन स्थापना भएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पहलमा स्थापित उक्त मिशनले नेपालबाट वैदेशिक रोजगारी र अन्य प्रयोजनमा रोमानियामा जान चाहने नेपाली नागरिकहरुको भिसा आवेदन प्रक्रियाको सहजीकरण गर्नेछ ।  

रोजगारीका लागि रोमानिया जाने कामदारको भिसा प्रक्रियालाई सरल, सहज र पहुँचयोग्य बनाउन मन्त्रालयले ताहाचलमा अस्थायी मिशन स्थापना गरेको बताएको छ । मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै मिशनले वैदेशिक रोजगारीका लागि रोमानिया जान चाहनेलाई सहज हुने उल्लेख गरेको छ । 

रोमानियन मिशनले प्रवाह गर्ने सेवा प्रक्रियामा श्रम तथा रोजगार कार्यालय, ताहाचलले आवश्यक समन्वय गर्नेछ । नेपालबाट रोमानियामा वैदेशिक रोजगारीको सन्दर्भमा जान चाहने नेपाली नागरिकहरुले नेपालमा अस्थायीरुपमा स्थापना गरिएको रोमानियन मिशनले तोकेको भिसा शुल्क बाहेक कहीँकतै कुनै प्रकारको रकम नबुझाउन वा अन्य कुनै पनि प्रकारका प्रलोभनमा नपर्न सम्बद्ध सबैमा मन्त्रालयले आग्रह गरेको छ ।

 
 

३ बर्ष अगाडि

प्रतिक्रिया