काठमाडौं - लिमिटेड र सुर्खेतको वीरेन्द्रनगरस्थित द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेनबीच सम्झौता भएको छ । कुमारी बैंकका ग्राहकलाई डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा द बर्गर हाउसमा विशेष छुट प्राप्त हुने सम्बन्धी सम्झौता भएको हो ।
यो सहकार्यपश्चात कुमारी बैंकका ग्राहकले द बर्गर हाउसका विभिन्न आउटलेट तथा खानपिनमा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन् ।
जिन्दगीको निरन्तर भागदौडमा थकित तन र मनलाई सक्रियशील राख्नलगायत शारीरिक स्फुर्ति एवं मानसिक उर्जा र सचेतना पूर्णजागरणका लागि विश्राम अत्यावश्यक रहेको छ ।
सोही कुरालाई मध्यनजर गर्दै कुमारी बैंकले आफ्ना ग्राहकलाई यस सहकार्यमार्फत द बर्गर हाउसका विभिन्न सेवामा बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकलाई आकर्षक छुटको व्यवस्था गरेको हो ।
कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १९१ एटीएम, ४९ शाखारहित बैंकिङ इकाइ तथा २४ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
प्रतिक्रिया