एनआईबिएल प्रगति फण्डको लाभांश घोषणा, कति प्रतिशत दिदैँ ?

३ बर्ष अगाडि

काठमाडौं- एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फण्डको लाभांश घोषणा गरिएको छ। 

योजनाको लेखापरीक्षण कार्य सम्पन्न भएलगत्तै योजना व्यवस्थापन एनआईबिएल एस क्यापिटलको आज भदौ ९ गते अपराह्न बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८–७९ का लागि एनआईबिएल प्रगति फन्डको लाभांश घोषणा गरेको हो।

बैठकले यो योजनाका इकाइधनीहरुलाई करसहित ४.२० प्रतिशतका दरले हुन आउने ३ करोड १५ लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको छ। 

यो प्रतिफल वितरणार्थ कम्पनीले बुक क्लोजको सूचना पछि प्रकाशित गर्ने निर्णय गरेको छ। 

३ बर्ष अगाडि

प्रतिक्रिया