काठमाडौं- बिहिबार शेयर बजारमा दोहोरो अंकले घटेको छ । दुई दिनयता झिनो अंकले बढेको नेपाल स्टक एक्सेचञ्ज (नेप्से) सूचक आज १८.३० अंकले घटेर २०३९.५४ विन्दुमा कायम भएको छ ।
नेप्से घटेपनि कारोबार रकम भने हिजोको तुलनामा बढेको छ । आज शेयर बजारमा ४२ लाख ३४ हजार १३७ कित्ता शेयर खरिदबिक्री हुदाँ एक अर्ब ७१ करोडमाथिको कारोबार भएको छ । हिजो नेप्सेमा १ अर्ब ५२ करोड बराबरको शेयर कारोबार भएको थियो ।
बजार ओरालो लागेपनि यस दिन अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ३३ रुपैयाँ १० पैसा बढेर ३६४ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन रु रु जलविद्युत कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। यस दिन मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक ५.८२ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन मल्टीपपर्स फाइनान्स, खानीखोला हाइड्रोपावर र सूर्योदय वामी लघुवित्तको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन हिमाल दोलखा हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ११ करोड २४ लाख ६५ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन रिडी पावरको ९ करोड ४१ लाखको शेयर कारोबार भएको छ भने नेष्डो समृद्ध लघुवित्तको ८ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ। जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक २.२० प्रतिशत घटेको छ। त्यसैगरी, य सदिन वित्त उपसमूहको परिसूचक यस दिन २ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
प्रतिक्रिया