काठमाडौं- हिमाल दोलखासहित यी १० कम्पनीको सर्वाधिक कारोबार,कुन कम्पनीले कतिको कारोबार गरे ? बिहिबार शेयर बजारमा दोहोरो अंकले घटेको छ । दुई दिनयता झिनो अंकले बढेको नेपाल स्टक एक्सेचञ्ज (नेप्से) सूचक आज १८.३० अंकले घटेर २०३९.५४ विन्दुमा कायम भएको छ ।
नेप्से घटेपनि कारोबार रकम भने हिजोको तुलनामा बढेको छ । आज शेयर बजारमा ४२ लाख ३४ हजार १३७ कित्ता शेयर खरिदबिक्री हुदाँ एक अर्ब ७१ करोडमाथिको कारोबार भएको छ ।
सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक हिमाल दोलखा हाइड्रोपावरको ११ करोड २४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, रिडी हाइड्रोपावरको ९ करोड ४१ लाख, नेष्डो समृद्ध लघुवित्तको ८ करोड ३१ लाख, अरुण काबेली पावरको ७ करोड २८ लाख र राधी विद्युत कम्पनीको ४ करोड ८३ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

प्रतिक्रिया