काठमाडौं - नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारणसभा बोलाएको छ ।
कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकले वार्षिक साधारण सभा यही भदौ ३० गते आयोजना गर्ने निर्णय गरेको हो । सभा काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजेबाट हुनेछ ।
सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित चुक्तापुँजीको कुल ५.२६३२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ । जसमा ५ प्रतिशतले बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश छन् ।
सभाले उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका मुख्य दस्तावेजहरु अनुमोदन गर्नेछ । वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि कम्पनीले भदौ १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
यसको अर्थ भदौ १७ गते (भदौ १८ गते शनिबार)सम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।
प्रतिक्रिया