काठमाडौं - सपोर्ट लघुवित्त वित्तीय संस्थाले आजबाट साढे १३ हजार कित्ता बढी सेयर बिक्रीमा आएको छ । संस्थाले लिलामी प्रक्रियामार्फत १३ हजार ७१५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
यो लिलामी सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६५० तोकिएको छ । लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।
बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतम सेयरका लागि कुनै हद लाग्ने छैन ।
बोलपत्र धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडको काठमाण्डौ टेकुस्थित कार्यालयमा पेस गर्नुपर्नेछ । बोलपत्र पेस गर्ने अन्तिम मिति भदौ २३ गतेसम्म तोकिएको छ ।
प्रतिक्रिया