काठमाडौं - बीमा समितिले अभिकर्ता इजाजत पत्रका लागी समेत परीक्षा लिने भएको छ । बीमा कम्पनीहरुले तालिम नै संचालन नगरी जथाभावी बीमा अभिकर्ता इजाजत पत्रको लागी सिफारिश गरिररहेको गुनासो आएपछि समितिले नियन्त्रणको लागी परीक्षा लिने भएको हो ।
अधिकांश बीमा कम्पनीहरूले नव प्रवेशीहरुलाई कुनै तालिम नदिई इजाजत पत्रको लागी बीमा समितिमा सिफारिश गर्ने र उनीहरूबाट बीमा प्रस्ताव स्वीकार गर्ने गरेको गुनासोका आधारमा बीमा नियामकले नियन्त्रणको लागि कदम चाल्ने तयारी गरेको छ ।
अभिकर्ता तालिम निर्देशिका २०७२ को खण्ड नम्बर ३ अनुसार बीमा समितिमा अभिकर्ता इजाजत पत्रका लागि सिफारिस गर्नुअघि बीमा कम्पनीले बीमा अभिकर्ताका लागि तीन दिने तालिम सञ्चालन गर्नुपर्छ ।
बीमा कम्पनीले तालिम संचालन पछि पेश गरेको सिफारिश र कागजपत्रको आधारमा बीमा समितिले इजाजत पत्र जारी गर्छ । निर्देशिकामा यस्तो व्यवस्था भए पनि व्यवहारमा निकै थोरै संख्यामा एजेन्सी तालिम सञ्चालन भएका छन् तर कागजमा मात्रै धेरै छन् ।
प्रतिक्रिया