एनएमबि म्युचुअल फन्डअन्तर्गतका दुई योजनाको प्रतिफल आजबाट बैंक खातामा पठाइँदै

३ बर्ष अगाडि

काठमाडौं - एनएमबि म्युचुअल फन्डअन्तर्गतका दुईवटा योजनाका लाभांश आजबाट वितरण गर्न सुरु गरिने भएको छ ।

योजना व्यवस्थाक एनएमबि क्यापिटलका अनुसार आजबाट एनएमबि हाइब्रिड फन्ड एल–१ र एनएमबि फिफ्टीको लाभांश वितरण आजबाट सुरु गरिने भएको हो । 

गत आर्थिक वर्ष २०७८/७९ का लागि यी दुवै योजनाका इकाइधनीहरुलाई समान २१.०५२६३ प्रतिशत नगद लाभांश (प्रतिफल) वितरण गर्ने घोषणा गरिएको छ । 

हालसम्म पनि हितग्राही खातामा आफ्नो इकाइ जम्मा भई नसककेका इकाधनीहरुले एनएमिब क्यापिटलमा सम्पर्क गरी आफ्नो हितग्राही खाता नम्बर अद्यावधिक गराउन पनि क्यापिटलले आग्रह गरेको छ । आफ्नो हितग्राही खातामा बैंक खातासम्बनधी विवरण अद्यावधिक गराएपश्चात मात्र क्रमैसँग प्रतिफल (नगद लाभांश) जम्मा गरिने क्यापिटलको भनाइ छ । 

यसैगरी आफ्नो इकाइ धितो राखेका इकाइधनीको हकमा प्रतिफल प्राब्प्त गर्नका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुबाट नो अब्जेक्सन लेटर वा फुकुवापत्र अनिवार्य पेस गरेपश्चात मात्र बैंक खातामा जम्मा गरिने क्यापिटलले स्पष्ट पारेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया