भदौ लागेपछि दैनिक २ अर्ब बढिले निक्षेप घट्दै

३ बर्ष अगाडि

काठमाडौं - साउनमा १ खर्ब बढी रकम बाहिरिएको बैंकिङ्ग प्रणालीबाट भदौ लागेपछि पनि निक्षेप बाहिरिने क्रम रोकिएको छैन । भदौ लागेपछि पनि दैनिक २ अर्ब रुपैयाँभन्दा धेरैले निक्षेप घटिरहेको छ ।

नेपाल बैंकर्स सँघको तथ्याँक अनुसार भदौको पहिलो ३ दिनमा नै बैंकहरुको निक्षेप ७ अर्ब रुपैयाँले घटेको छ । असार अन्तिमसम्ममा ४४ खर्ब ३३ अर्ब रुपैयाँ रहेको निक्षेप भदौ ३ गतेसम्ममा ४४ खर्ब २६ अर्ब रुपैयाँमा झरेको हो ।

निक्षेप नबढ्दा बैंकहरुले कर्जा लगानी पनि बढाउन सकेका छैनन । भदौ पहिलो ३ दिनमा १ अर्ब रुपैयाँभन्दा कम कर्जा लगानी गरेका छन् । साउन अन्तिमसम्ममा ४१ खर्ब ७७ अर्ब रुपैयाँ रहेको कर्जा लगानी ४१ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ ।

निक्षेप संकलन घट्दै जाँदा बैंकहरुको सिडि रेशियो पनि बढ्दै गएको छ । तथ्याँक अनुसार बैंकहरुको औसत सिडि रेशियो ८८.४७ प्रतिशत पुगेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया