एनएमबि क्यापिटलले निष्कासन गरेको १२ करोड इकाईमा आजसम्म मात्र आवेदन दिन सकिने

३ बर्ष अगाडि

काठमाडौं - एनएमबि क्यापिटल लिमिटेडले साउन २६ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको म्युचुअल फण्डको इकाईका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । क्यापिटलले एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ नामक म्युचुअल फण्ड निष्कासन गरेको हो ।

क्यापिटलले प्रति इकाई १० रुपैयाँ दरको १२ करोड इकाई निष्कासन गरेको हो । निष्कासन गरिएको कुल इकाईमध्ये १४ प्रतिशत अर्थात १ करोड ८६ लाख इकाई कोष प्रबन्धक कम्पनी एनएमबि बैंक लिमिटेड तथा १ प्रतिशत इकाई अर्थात १२ लाख योजना व्यवस्थापक एनएमबि क्यापिटलका लागि छुट्याइएको छ । 

लगानीकर्ताले बाँकी रहेको १० करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ ।

एनएमबि सुभल इन्भेष्टमेन्ट फण्ड २ एक बन्दमुखि योजना हो। यस योजनाको अवधि इकाई बाँडफाँड भएको मितिले १० वर्षको हुनेछ । क्यापिटलले यस अघि नै एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १ निष्कासन गरिसकेको छ ।

यो योजनाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया