तीन दिनमा वाणिज्य बैंकहरुको निक्षेप ७ अर्बले घट्यो,कर्जा लगानीको अवस्था कस्तो ?

३ बर्ष अगाडि

काठमाडौं, तीन दिनमा वाणिज्य बैंकहरुको निक्षेप ७ अर्बले घटेको छ । 

साउन मसान्तपछि भदौ ३ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप ७ अर्ब रुपैयाँले घटेको हो ।  नेपाल बैंकर्स संघ (एनबीए)को तथ्यांकले यस्तो देखाएको हो। योसँगै भदौ ३ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब २६ अर्ब रुपैयाँमा झरेको छ। गत साउन मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ३३ अर्ब रुपैयाँ थियो। 

साउन महिनामा वाणिज्य बैंकको निक्षेप १ खर्ब ८ अर्ब रुपैयाँले घटेको थियो। 

उता वाणिज्य बैंकहरुको कर्जा लगानी भने भदौ ३ गतेसम्म १ अर्ब रुपैयाँले बढेको छ। गत साउन मसान्तसम्म कुल कर्जा लगानीमा ४१ खर्ब ७७ अर्ब रुपैयाँ रहेकोमा भदौ ३ गतेसम्म बढेर ४१ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ। 

गत साउन महिनाभरि वाणिज्य बैंकहरुको कर्जा लगानी २ अर्ब रुपैयाँले मात्रै बढेको थियो। 

भदौ ३ गतेसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो पनि बढेर ८८.४७ प्रतिशत रहेको छ। गत साउन मसान्तसम्म सीडी रेसियो ८८.०७ प्रतिशत थियो। 

३ बर्ष अगाडि

प्रतिक्रिया