खप्तड लघुवित्तको १ लाख ३२ हजार कित्तामा पहिलो दिनै करिब ४ लाख आवेदन, कति कित्ता शेयर खरिदमाग ?

३ बर्ष अगाडि

काठमाडौं, खप्तड लघुवित्त वित्तीय संस्थाले आज (बुधबार)देखि सर्वसाधारणको लागि निष्कासनमा ल्याएको शेयरमा पहिलो दिनमै करिब ४ लाख आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बुधबार ५ः०३ बजेसम्ममा ३ लाख ८१ हजार ७८२ जना आवेदकबाट ४३ करोड ३८ लाख ९४ हजार रुपैयाँ बराबरको ४३ लाख ३८ हजार ९४० कित्ता शेयरको लागि आवेदन परेको छ ।

यो सर्वसाधारणलाई छुट्टाएको लाख २३ हजार ४०० कित्ता शेयरको ३५.१६ गुणा बढी हुन आउछ ।

लघुवित्तले जारी पूँजी ४ करोड रुपैयाँको ३३ प्रतिशतले हुन आउने १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो ।

त्यसमध्ये ०.५ प्रतिशत आर्थत २ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने १ लाख २३ हजार ४०० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लघुवित्तको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम एक हजार ३२० कित्ता अर्थात एक लाख ३२ हजार रुपैयाँ सम्मको लागि आवेदन दिन सकिनेछ ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ ।

लघुवित्तको आईपीओमा भदौ १२ गते बैकिङ्ग समयसम्ममा आवेदन दिन सकिनेछ ।

लघुवित्तको अधिकृत पूँजी १० करोड रुपैयाँ, जारी पूँजी ४ करोड रुपैयाँ र चुक्ता पूँजी २ करोड ६८ लाख रुपैयाँ रहेको छ । सर्वसाधारणलाई १ करोड ३२ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी ४ करोड रुपैयाँ पुग्नेछ ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया