बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्टमा ८% छुट

३ बर्ष अगाडि

काठमाडौं, बैंक अफ काठमाण्डू लिमिटेड र किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्ट बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई ८% छुट उपलब्ध गराउने सम्झौता भएको छ  ।

यस सम्झौता पश्चात् ग्राहकहरुले किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्ट, अनामनगर, काठमाण्डौंमा उपलब्ध हुने सेवाहरुमा एकमुष्ठ ८% छुट पाउनेछन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्ट, अनामनगर, काठमाण्डौंबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।      

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया