कुमारी बैंक ऋणपत्र निष्कासन गर्न लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको छ ।
बैंकले १० वर्षे अवधि तथा वार्षिक ११ प्रतिशत व्याजदर भएको “ केविएल डिवेन्चर २०८९” को एक हजार रूपैयाँको अंकित दरको ३० लाख कित्ता ऋणपत्रको निष्काशन गर्नकोलागि नेपाल धितोपत्र बोर्डबाट भदौ १ गते स्वीकृति प्राप्त गरेको छ ।
उक्त ३ अर्ब बराबरको ऋणपत्रमध्ये १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने तथा १२ लाख कित्ता ऋणपत्र सर्वसाधारण नेपालीकोलागि सार्वजनिक निष्काशनबाट बिक्री गरिनेछ । यस ऋणपत्र निष्काशनकोलागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।
सार्वसाधारणका लागि निष्कासन गरिने १२ लाख कित्ता ऋणपत्र मध्ये सामुहिक लगानी कोषलाई छुट्ट्याएको ५५ अर्थात् ६० हजार कित्ता ऋणपत्रको लागि ३ वटा सामुहिक लगानी कोषबाट कूल ९५ हजार कित्ताकोलागि आवेदन प्राप्त भएको हुँदा सो लाई समानुपातिक आधारमा बाँडफाँड गरिएको छ ।
यस सार्वसाधारणका लागि निष्काशन गरिने ऋणपत्रमा न्यूनतम आवेदन २५ कित्तादेखि अधिकतम १२ लाख आवेदन दिन सक्नेछन्। लगानीकर्ताहरुले यस ऋणपत्र नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सी आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया