एनआईसी एसिया क्यापिटलको ५५ प्रतिशत लाभांश पारित

३ बर्ष अगाडि

काठमाडौं, एनआईसी एसिया क्यापिटल लिमिटेडले ६ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभा क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथली, काठमाडौंमा म्पन्न भएको हो । 

सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५५ प्रतिशत (कर सहित) का दरले हुन आउने ११ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

त्यस्तै, सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७८।०७९ को सञ्चालक समितिको प्रतिवेदन पारित गरेको छ । त्यस्तै, २०७९ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।

क्यापिटलले प्रदान गर्ने सेवाहरुलाई छिटो छरितो बनाई ग्राहकको आवश्यकता र चाहना अनुसार सेवा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ काठमाण्डौ उपत्यका भित्र किर्तिपुर, चावहिल र अनामनगरमा शाखा कार्यालय खोली क्यापिटलको सेवा विस्तार गरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया