काठमाडौं, साताको चौथो कारोबारको दिन(बुधबार) पनि शेयर बजारमा झिनो अंकले बढेको छ । कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक २.८७ अंकले बढेर २०५७.८५ को बिन्दुमा पुगेको हो ।
शेयरबजार बढेपनि कारोबारमाा खासै उत्साह देखिएको छैन । आज जम्मा एक अर्ब ५२ करोडमाथिको कारोबार भएको छ । आज ३६ लाख ७८ हजार ७०५ कित्ता शेयर खरिदबिक्री हुदाँ १ अर्ब ५२ करोड ६१ लाख ८६ हजार २१७ रुपैंया बराबरको कारोबार भएको छ ।
सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक अरुण काबेली पावरको १६ करोड ९२ लाख माथिको कारोबार भएको छ ।
त्यस्तै, अपि पावरको ८ करोड ८ लाख, रिडी हाइड्रोपावरको ५ करोड ६४ लाख, हिमालयन डिस्टिलरीको ५ करोड ११ लाख र नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ४७ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
प्रतिक्रिया