काठमाडौं - बेष्ट फाइनान्स कम्पनीले नयाँ मुद्दति बचत योजना सार्वजनिक गरेको छ । फाइनान्सले बचत डबल गर्ने कि तेब्बर भन्ने शीर्षकमा उक्त नयाँ योजना ल्याएको हो ।
ग्राहकको रकमलाई सुरक्षित बचत गरी उच्च प्रतिफल दिने लक्ष्यका साथ ल्याइएको यो योजनामा साधारण मुद्दति बचततर्फ ५ वर्ष ११ महिनामा राखेको रकमको डबल हुनेछ ।
त्यस्तै ९ वर्ष ५ महिनामा जम्मा गरेको रकमको तेब्बर हुने फाइनान्सले जनाएको छ । फाइनान्सले रेमिट्यान्स मुद्दती बचतमा भने ५ वर्ष ७ महिनामा डबल र ८ वर्ष १० महिनामा तेब्बर हुनेछ ।
यो विशेष बचत योजनामा सहभागी हुने निक्षेपकर्ताले मोबाइल बैंकिङ र एटीएम सेवा निःशुल्क पाउने फाइनान्सले जनाएको छ ।
प्रतिक्रिया