२ अर्बको ऋणपत्र निष्कासन गर्ने अनुमतिका लागि सेबोन पुग्यो सनराइज बैंक

३ बर्ष अगाडि

काठमाडौं - सनराइज बैंक लिमिटेडले २ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । 

बैंकले नेपाल धितोपत्र बोर्डमा ऋणपत्र निष्कासन अनुमति माग्दै निवेदन दिएको हो । सेबोनले अनुमति दिएपछि बैंकले सर्वसाधारणका ऋणपत्र जारी गर्नेछ । 

बैंकले १ हजार अंकित दरका कुल २० लाख इकाइ भएको ‘सनराइज डिबेन्चर २०८९’ जारी गर्नेछ । कुल इकाइमध्ये बैंकले १२ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी ८ लाख इकाइको सर्वसाधारणलाई बिक्री गर्नेछ । 

यो ऋणपत्र १० वर्षे अवधिको हो । यसमा लगानीकर्ताहरुले वार्षिक १०.५ प्रतिशत ब्याज पाउनेछन् ।

यो ऋणपत्रको बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया