धौलागिरी लघुवित्तको आईपीओ नतिजा कसरी हेर्ने  ?

३ बर्ष अगाडि

काठमाडौं - धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज बाँडफाँड भएको छ । धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालय आईपीओ बाँडफाँड गरिएको हो । 

आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ । आईपीओको नतिजा धितोपत्र निष्कासनकर्ता कम्पनी र धितोपत्र बिक्री प्रबन्धकको वेबसाइटमा तथा सीडीएससीको https://iporesult.cdsc.com.np मा हेर्न सकिनेछ । 

आईपीओमा कुल १८ लाख ६५ हजार ९२६ आवेदकबाट २ करोड ४ लाख ७५ हजार ९८० कित्ता सेयर माग भएको थियो । जसमा १८ लाख ६४ हजार ६४० आवेदकबाट परेको २ करोड ४ लाख ६१ हजार ८४० कित्ता सेयर सदर भएको छ भने १ हजार २८६ आवेदकबाट परेको १४ हजार १४० कित्ता बदर भएको छ । 

मागभन्दा बढी आवेदन परेकोले धौलागिरी लघुवित्तको आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ । गोलाप्रथाबाट सदर आवेदकमध्ये भाग्यमानी ३० हजार ९२९ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । तिनै भाग्यमानीमध्ये २० कित्तादेखि १ हजार कित्तासम्म आवेदन दिने ५ जनाले थप १–१ कित्ता सेयर पाएका छन् । 

आईपीओमा १८ लाख ३४ हजार ९९७ आवेदकको हात खाली भएको छ । लघुवित्तले गत साउन २४ गतेबाट साउन २९ गतेसम्म आईपीओ बिक्री गरेको थियो । संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ३ लाख ३१ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो । 

जसमा ५ प्रतिशतले हुन आउने १६ हजार ५५० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने ५ हजार १५५ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको थियो । बाँकी ३ लाख ९ हजार २९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया