काठमाडौं - हिमालयन डिस्टिलरी लिमिटेडको पुरानो लाभांश लिन आउन सेयरधनीहरुलाई आग्रह गरेको छ ।
कम्पनीले आज एक सूचना जारी गर्दै आर्थिक वर्ष २०७२/७३ र त्यसपछिका वर्षहरुमा वितरण गरेका नगद लाभांश लिन बाँकी रहेका सेयरधनीहरुलाई बुझिलिन आउन आग्रह गरेको हो ।
कम्पनीको सेयर रजिस्ट्रार नबिल इन्भेस्टमेन्ट बैंकिङको काठमाडौंको नक्सालस्थित नारायणचौरमा रहेको कार्यालयमा सम्पर्क गरी लिन बाँकी रहेको नगद लाभांश बुझिलिन सूचनामा आग्रह गरिएको छ ।
यसैगरी कम्पनीले आर्थिक वर्ष २०७०/७१ र २०७१/७२ को मुनाफाबाट वितरण गरिएको नगद लाभांश रकम बुझिलिनका लागि विभिन्न मितिमा सार्वजनिक सूचना प्रकाशित गरेकोमा अझै पनि केही सेयरधनीहरुले लिन बाँकी रहेको जानकारी गराएको छ ।
प्रतिक्रिया