लूप नेटवकर्सले भारत र चीनबाट व्याण्डविथ कनेक्टीभिटी पाउने

३ बर्ष अगाडि

काठमाडौं - इन्टरनेट सेवाप्रदायकका रुपमा सञ्चालनमा रहेको लूप नेटवकर्सले नेटवर्क सेवाप्रदायकको अनुमति पाएसँगै व्यावण्डविथ कनेक्टिीभिटी पनि पाउने भएको छ ।

नेटवकर्सका अनुसार छिमेकी मुलुक भारत र चीनबाट सिधै ब्याण्डवीथ कनेक्टिभिटी प्राप्त हुने भएको हो । नेटवकर्सले ब्याण्डवीथ कनेक्टिभिटीको लागि भारतका नेटवर्क सेवा प्रदायकहरु एयरटेल, टाटा र सिफीसँग प्रारम्भिक छलफल भईरहेको जनाएको छ । साथै नेटवकर्सले चाडै नेटवर्क सेवा सुचारु गर्ने विज्ञप्तिमा उल्लेख छ ।

नेटवर्क सेवा उपलब्ध गराउन थाले पश्चात लूप नेटवकर्सले स्वदेशी ईन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई गुणस्तरीय ब्याण्डवीथ सुपथ मुल्यमा उपलव्ध गराउन सक्ने दाबी गरेको छ । सो पश्चात नेटवकर्सको कारोबार दुई गुणाले बढ्ने नेटवकर्सले अनुमान गरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया