लाइसेन्स लिनका लागि उमेर हद बढाईदै

७ बर्ष अगाडि

काठमाडौँ – यातायात व्यवस्था विभागले  लाइसेन्स लिनका लागि उमेर र लाइसेन्स अवधि बढाउन लागेको  छ । 

अहिले दुई पाङ्ग्रे सवारीसाधनमा १६ वर्षदेखि लाइसेन्स लिन पाउने व्यवस्था छ । तर यसलाई १८ वर्ष बनाउने विषयमा छलफल भइरहेको विभागको भनाई छ।  

ट्राफिक प्रहरीले दुईपाङग्रेका लागि १८  र चारपाङग्रेका लागि २५ वर्ष बनाउन सुझाव दिएको छ । अहिले पाँच वर्षको लागि लाइसेन्स जारी हुने गरेको छ, तर अब यसलाई बढाएर लाइसेन्सको अवधि १० वर्ष राखेर जारी गर्न लागिएको छ । 
विभागका अनुसार अहिले सङ्घीय ऐनको विभागले मस्यौदा तयार पारिरहेको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया