सूर्योदय वोमी लघुवित्तले बिक्रीमा ल्यायो सर्वसाधारणका लागि ६२ हजार ९८७ संस्थापक शेयर

३ बर्ष अगाडि

 काठमाडौं - सूर्योदय वोमी लघुवित्तले संस्थापक शेयर बिक्री गर्ने भएको छ । लघुवित्तले ७ जना संस्थापक शेयरधनीको नाममा रहेको ६२ हजार ९८७ संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री गर्ने भएको हो ।

लघुवित्तले यसअघि विद्यमान शेयरधनीहरुका लागि संस्थापक शेयर बिक्रीमा ल्याएको थियो । उक्त अवधिमा संस्थापक शेयर बिक्री नभएकाले पुनः सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।

उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक व्यक्ति तथा सङ्घसंस्थाहरूले सूचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, नक्साल काठमाडौं वा सूर्योदय वोमी लघुवित्तको केन्द्रिय कार्यालय बनेपा १३ साँगा, काभ्रेपलाञ्चोकमा आइपुग्नेगरी निवेदन दिनुपर्नेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया