गरिमा विकास बैंक र फोकसवान पेमेन्ट सोलुसन्सबीच सम्झौता, के छ सुबिधा ?

३ बर्ष अगाडि

काठमाडौं - गरिमा विकास बैंकले भिजा कार्डबाट हुने विभिन्न बिल भुक्तानीहरुलाई थप सरल तथा ग्राहकमैत्री बनाउन फोकसवान पेमेन्ट सोलुसन्स प्रालिद्वारा सञ्चालित मोको डिजिटल वालेटसँग सम्झौता गरेको छ । 

सम्झौतानुसार बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले आफ्नो भिजा कार्ड मोको डिजिटल वालेटमा लिंक गराई मोबाइल टपअप, इन्टरनेट, विद्युत र खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकटको बिल भुक्तानीलगायतका सेवाहरु सजिलै प्रयोग गर्न सक्नेछन् । 

यसका साथै मोको डिजिटल वालेटबाट नेपालभर १ हजार ५०० भन्दा बढी मर्चेन्टमा स्क्यान टु पेमार्फत सजिलै बिल भुक्तानी गर्न सकिनेछ ।

हाल बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर र ५१ एटीएमबाट सरल, सुलभ एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया