हिमालयन बैंक र बैंक अफ काठमाण्डूले मेलम्चीमा फसेको सम्पूर्ण पैसा १० वर्षपछि फिर्ता पाए, कुनको कति ?

३ बर्ष अगाडि

काठमाडौं - १० वर्षपछि हिमालयन बैंक र बैंक अफ काठमाण्डूले मेलम्चीमा फसेको सम्पूर्ण पैसा फिर्ता पाएका छन् । मंगलबार दुबै बैंकले पैसा फिर्ता पाएका हुन् ।

बैंक अफ काठमाण्डूले ६६ लाख २५ हजार १० अमेरिकी डलर तथा १४ लाख ११ हजार ४५३ युरो  र हिमालयन बैंकले  ६६ लाख ५० हजार अमेरिकी डलर बराबरको रकम फिर्ता पाएका हुन् ।

हिमालयन बैंक र बैंक अफ काठमाण्डूले करिब १० वर्षपछि चीनमा मुद्दा जितेसँगै मेलम्ची खानेपानी आयोजनाको काउन्टर ग्यारेन्टीमा फसेको पैसा फिर्ता पाएका हुन् ।

बैंक जमानतको रकम फिर्ता नहुँदा दुई बैंककको डेढ अर्ब रुपैयाँभन्दा बढी रकम फसेको थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया