सवारीसाधन चलाउँदा गल्ती गरे १५ हजार सम्म जरिवाना

७ बर्ष अगाडि

काठमाडौँ – सवारी चालकले सवारीसाधन चलाउन गल्ती गरे चालकलाई   ट्राफिक प्रहरीले १५ सय देखि १५ हजार सम्म जरिवाना गर्ने भएको छ । 

यातायात व्यवस्था विभागका अनुसार  अब आउने नयाँ ऐनमा १५ सयदेखि १५ हजारसम्म जरिवाना तोक्ने विभागले तयारी गरेको छ। 

विभागका अनुसार अहिले सङ्घीय ऐनको विभागले मस्यौदा तयार पारिरहेको छ। करिब दुई सातामा मस्यौदा तयार हुनेछ। जरिवाना बढाए पछि ट्राफिक नियम उल्लङघन कम हुने विभागको भनाई छ।

७ बर्ष अगाडि

प्रतिक्रिया